कृपा दैनिक पत्रिकाले स्थापना गरेको स्वर्गीय नवजान स्मृति पुरस्कार तथा चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार तीनजना कृयाशिल पत्रकारलाई प्रदान गर्ने निर्णय गरिएको कृपा दैनिकका सम्पादक गोकुल घोरसाईले बताउनु भयो ा कृपा दैनिकका वीरगन्ज स्थित कार्यालयमा बसेका बैठकले यस वर्ष रु. ५० हजारको धनराशी रहेको नवजान स्मृति पत्रकारिता पुरस्कारबाट रौतहटका पत्रकार फणी महत तथा सर्लाहीका पत्रकार ओमप्रकाश ठाकुरलाई प्रदान गर्ने निर्णय गरेको पुरस्कार छनौट समितीका संयोजक कृष्ण उदास खनालले बताउनु भयो ा यसरी नै कार्यकारी सम्पादक खनालकै पिता चन्द्रप्रसाद खनालको नाउँमा बिगत १६ बर्ष अगाडि स्थापना गरिएको चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट बारामा कृयाशिल पत्रकार महिला शारदा पोखरेललाई नगद १० हजार सहित सम्मान पत्रबाट पुरस्कृत गर्ने निर्णय भएको छ ा आगामी फागुन ५ गते बाराको निजगढमा आयोजना गरिने कृपा दैनिकको २० औं बार्षिकोत्सवका अवसरमा यी पुरस्कारहरु बितरण गरिने पनि कमल उपाध्यायले जानकारी दिनुभयो । कृपा दैनिकले पत्रिकाका प्रधानसम्पादक नवराज उपाध्यायकी धर्मपत्नी उमा(जानकी)देवी उपाध्यायको नाउँमा २०७२ सालबाट यो पुरस्कार स्थापना गरी बितरण गर्दै आइरहेको छ भने स्वर्गीय प्रधानसम्पादक नवराज उपाध्यायको नाउँमा यस पटक पहिलो पुरस्कार प्रदान गर्न लागेको हो भने चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार भने २०६६ सालबाट स्थापना गरी निरन्तर बितरण गर्दै आइरहेको छ ।