सामाजिक सञ्जाल फेसबुक र टिकटक मार्फत हिन्दु धर्मलाई निसाना गरि गाली बेइज्जती अश्लिल शब्द भाषा प्रयोग गरि धार्मिक सद्भाव भड्काउने तत्वहरुलाई कारवाहीको मांग गर्दे हिन्दु समाज बीरगंजले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ा केही दिन देखी केही ब्यतिmहरुले हिन्दु धर्मको बारेमा गतल प्रचार गरेको , हिन्दु धर्मको बारेमा जथाभावी भाषण दिएको र सामाजिक सञ्जालको माध्यमबाट हिन्दु बिरोध गतिविधी गरेको हुनाले त्यस्ता गिरोहका सदस्यहरुलाई कारवाहीको मांग गर्दे ज्ञापन पत्र हिन्दु समाजले बुझाएको हो ा केयौ दशक देखी नपालमा हिन्दु र मुस्लिम शान्तीपुर्वक मिलेर बस्दै आएको , हिन्दु र मुस्लिम समुदाय बीच आपसी सद्भाव बिथोल्न केही तत्वहरु सामाजिक सञ्जालमा सक्रिया रहेको भन्दै हिन्दु युवा समाजले चिन्ता ब्यतm गरेको छ ा ज्ञापन पत्रमा मनेपाललाइ आफनो आमा नमान्ने केही देशदो्रही मुस्लिमहरुले हिन्दुहरु माथी अनावश्यक आरोप लगाउने र सामाजमा बिदा्रेह गराउन षड्यन्त्र गरिहेकोमा हिन्दु समाजको गम्भिर ध्यानार्षण भएको भन्दै त्यस्तो गतिविधी तुरुन्त रोक्न मांग गरेका छ ा ज्ञापन पत्र दिनेहरुमा हिन्दु समाजका युवा राजा गुप्ता, सागर सरार्फ , श्याम रौनियार, सौरव पटेल, ओमप्रकाश गुप्ता, प्रज्वल डंगोल , बिशाल गुप्ता, कृष्ण चौरसिया , राजन साह , बिजय साह लगायत ५० जना भन्दा बढीको उपस्थिती रहेको थियो ा