साहित्यिक चौतारी नेपालले आफनो दसौ वाषिकोत्सवको अवसरमा पाठ्यक्रम बिमर्श तथा भाष साहित्य प्रशिक्षण कार्यक्रम तथा २ दिने कार्यशाला सुरु गरेको छ । २ दिने कार्याशाला कार्यक्रमको उद्घाटन गर्दे बीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले भाषा र संस्कृतिको विकास पनि बैभव बीरगंजका लागि जरुरी रहेको कुरामा जोड दिनुभयो ।
वीरगञ्ज महानगरको सर्वा·िन विकासका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार जस्तै भाषा, साहित्य तथा संस्कृतिको पनि महत्वपूणर् भूमिका रहेको महानगर प्रमुख सिंहले भने, ॅविद्यार्थीलाई भाषा र संस्कारस“गै संस्कृति पनि सिकाउन जरुरी छ, यो कुरामा शिक्षकस“गै अभिभावकले पनि ध्यान दिन आवश्यक छ । ज्ञानले धेरै जानेर पनि संस्कार छैन भने ऊ अज्ञानी कहलाउ“छ । त्यसैले शिक्षास“गै संस्कार सिकाउनुपर्छ ।’
साहित्यिक चौतारी नेपालका बरिष्ठ सल्लाहकार प्राध्यापक डा। देबी नेपालले भाषा तथा साहित्यको जगेर्नामा वीरगञ्ज महानगरले गरीरहेका प्रयासको प्रसंशा गरे । भोजपुरी भाषाको बाहुल्यता रहेको क्षेत्रमा नेपाली भाषा तथा साहित्य पढाउन चुनौतीपूणर् भएपनि महानगरको ढाडसले सहज भएको उनको भनाई छ । शिक्षक शिक्षिकाहरुले सिकाईको क्रमलाई निरन्तरता दि“दै साहित्य, भाषा तथा कलास“ग विद्यार्थीलाई नजिक गराउनुपर्नेमा पूर्व प्राज्ञ सदस्यसमेत रहेका उनको जोड थियो ।
कार्यक्रममा नारायणी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा। बिशम्भर शर्मा, लक्ष्मी साहित्य समाज पर्साका अध्यक्ष एवम् पत्रकार महेशचन्द्र गौतम, राजधानी दैनक मधेश प्रदेश प्रमुख तुलसी भण्डारी, ह्वीन पर्साका अध्यक्ष आनन्द थामी लगायतले भाषा तथा साहित्यको संरक्षण तथा प्रवद्र्धनका बारेमा आफनो धारणा राखेका थिए ।
भाषा, साहित्यस“गै सामाजिक कार्यमा पनि सक्रिय रहेको साहित्यिक चौतारी नेपालले वीरगञ्ज महानगरका सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरुको क्षमता अभिवृद्धिका लागि कार्यशालाको आयोजना गरेको अध्यक्ष गीता भण्डारीले बताइन् ।