८८ औं त्रिमुर्ति शिव जयन्तीको अवसरमा ब्रहमाकुमारीज युवा प्रभाग बीरगंजले रतmदान कार्यक्रमको आयोजना गरेको छ । बृहत रतmदान शिविर कार्यक्रममा ९ महिला सहित ३८ जनाले रतmदान गरेको ब्रहमाकुमारी रबिना दिदिले जानकारी दिनुभएको छ । रतmदान कार्यक्रमको उद्घाटन गर्दे मेयर सिंहले बिश्वब्यापी आध्यामित्क संस्था ब्रहमाकुमारी संस्थाले समय यस प्रकारका सामाजिक परोपकारमूलक तथा सचेतनामूलक कार्यक्रमहरुको आयोजना गरी आफ्नो सामाजिक दायित्व पुरा गरी सबै सामु एक आदर्श प्रस्तुत गरेकोमा आफु प्रभावित भएको र यस प्रकारका सामाजिक कार्यहरु हर स्थानमा हरेक संघ संस्थाबाट सञ्चालन हुनुपर्ने बताउनु भयो साथै यस्ता परोपकारी कार्यमा आफ्नो सधै साथ र सहकार्य रहने समेत आश्वासन दिनु भयो ।
रतmदान दिनेहरुमा ब्रह्माकुमार गोवर्धन चौधरी, ब्रह्माकुमार गोकुल गुभाजू, कुमेश कुशवाह, राकेश कुशवाह, ब्रकु आनन्द साह, ब्रकु राजकुमार श्रेष्ठ, ज्योति कुशवाह, निक्की कुशवाह, ब्रह्माकुमारी माया पाण्डे, अस्मिता गौतम, गौरी देबि, अनिता देबि, निता देबि, प्रिति कुमारी जैसवाल, स्नेहलता सिंह, लक्ष्मी पन्डित, बिराज साह, धिरेन्द्र सिंह, करण साह, अनिल कुमार, बलजित सिंह, रबिन्द्र महतो, बिशेस्वर महतो लगायत रतmदान गरेका छन् । रगतको अभाव नहोस उदेश्यको साथ ब्रहमकुमारीजले रतmदान कार्यक्रमको आयोजना गरेको हो ।