चिनियाँ हस्तक्षेप बन्द गर, बिआरआई परियोजना खारेज गर, राष्ट्रिय स्वधिनता कायम गर जस्ता नारा लगाउँद्र बीरगंजमा चुरे तथा वन जंगल संरक्षण अभियानले चिनियाँ बिरोध प्रर्दशन गरेको छ ा बीरगंजको घंटाघरबाट निस्कीएको बिरोध प्रर्दशन रयाली बजारको बिभिन्न भागको परिक्रमा गरी पुन घंटाघरमा पुगी कोणसभामा परिणत भएको थियो ा कोणसभालाई सम्बोधन गर्दे संयोजक सुनील यादवले
चिनियाँ कम्पनीले विकासको नाममा मधेशको लाईफ लाईन मानिने सिरहा सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा नियमित हिसाबले चुरे पहाडको विनाश गर्दै आईरहेको र चुरेलाई उत्खन्न गरी विनाश गर्ने कार्य कदापी सह्य नहुने अडान राखे । पोखरा अन्तराष्ट्रिय विमानस्थल बनाई प्रत्येक नेपालीमाथि जबरजस्ती ऋण थुपारेको, चिनियाँ राणनितिक तथा विकासको नाममा भुमरीको जालोमा फसाउँदै आएको उनको आरोप छ । केही दिन अगाडि सिराहा भिडिजन वन कार्यालयले अवैध रुपमा उत्खन्न गर्दै आएका चिनियाँ कम्पनी ९श्री चाईना रेल वे नं। २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लि। काठमाण्डौ० का स्काभेटर, टिपर तथा चिनियाँ नागरिक पक्राउ गरेको थियो । सोही विषयमा जिल्ला अदालत सिराहाले मुद्दा चलाएको छ । तराई मधेशमा चिनियाँ विस्तारवादी विरुद्ध सदैव अभियान जारी राख्ने र मधेशलाई मरुभुमिकरण हुनबाट जोगाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा अभियानका अभियान्ताहरु पुनदेव चौधरी, सुनिल भान्जा, चित्रलेखा चौधरी, सुनिल कुशवाहा, सुभाष यादव र पार्वती नेपाल लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, विद्यार्थी तथा समाजसेवीको उपस्थिती रहेको थियो ।