
जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको गुलामी गर्ने नेता तथा कार्यकर्ताहरुको हालीमुहाली रहेको जनता समाजवादी पार्टीका उपमहासचिव एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आरोप लगाउनु भयो ा बीरगंजको सभागृह हलमा जनता समाजवादी पार्टी पर्सा जिल्लाले आयोजना गरेको सम्मान तथा अगुवा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री प्रदीप यादवले उपेन्द्र यादवको हैकमबाजी र तानशाहीका कारण नयाँ पार्टी निर्माण भएको बताउंदै उपेन्द्र यादवले मन्त्री बनाउने देखी नियुती गर्दा पनि आफनै कार्यकता सँग कमिशन लिएर मात्र काम गर्न गरेको आरोप लगाउनु भएको छ । पार्टीलाई प्राइभेट लिमिटेड सञ्चालन गरी उपेन्द्रजीले रकमको कारोवार गर्दै आईरहेको हुनाले बिदो्रह गरेर हामीले नयाँ पार्टी निर्माया गरेको भन्नु भयो, जसपा नेपालमा हरेका नेता कार्यकताहरुको मान सम्मान हुने मन्त्री यादवले जनाउंदै पार्टीका कार्यकर्ताहरुलाई एक ढिक्का भएर अगाडी बढन् निर्देशन दिनुभयो । उपेन्द्र यादवले अन्य मधेशी दलका महनथ ठाकुर, जेपी गुप्ता, बिजय गच्छदार लगायतका नेताहरुलाई सडकमा ल्याएको भने गर्थे तर आज उपेन्द्रजीलाई नै स्वयम् सडकमा आएको मन्त्री प्रदीप यादवको भनाई रहेको छ । बीरगंज नारायणी उप क्षेत्रीय् अस्पतालको स्तरउनोतीको लागी अगामी बजेटमा एक अर्ब रुपैया बजेट प्रछयौट गरेको दाबी गर्नुभयो । नारायणी अस्पतालमा क्यान्सरका बिरामीहरुको पनि उपचारको हुने ब्यवस्था तर्फ लागी परेको जनाउंदै देशभरीका अस्पतालमा बिरामीहरुको सहज तरिकाले उपचार होस स्वास्थय मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिइएको जानकारी दिनुभयो । अहिले पनि जसपा नेपालका नेताहरु जसपामा प्रवेश गर्न ईच्छुक रहेको भन्दै मन्त्री यादवले जेठ ८ गते हाम्रो पक्षमा फैसला आउने अनि त्यसपछि उपेन्द्र यादवलाई ठुलो धक्का लाग्ने बताउनु भएको छ । यसैगरी स्वागत तथा सम्मान कार्यकमलाई सम्बोधन गर्दे बीरगंज महानगरपालिका नगर प्रमुख राजेश मान सिंहले उपेन्द्र यादवले पार्टी सञ्चालन नगरेर प्राइभेट कम्पनी सञ्चालन गरेको बताउनु भयो । आफु मेयर भएदेखी नै पटक पटक रकम माग्ने गरेको बताउंदै अगामी वर्ष महानगरपालिकामा बजेट ल्याउनका लागी उपेन्द्रजी सँग मैले कुरा गर्दा कमिशन लिएर मात्र बजेट ल्याएको मेयर सिंहले बताउनु भयो । पार्टी फुटनु भन्दा अगाडी उपेन्द्र यादवले एड्भान्स रकम लिइसकेको जनाउंदै रकम बिनाको काम नगर्ने ब्यतिm हुन् उपेन्द्र यादव , जसपा नेपालपार्टीलाई मजबुत बनाउनका लागी आज देखी नै सबैजना नेता तथा कार्यकताहरु एक भएर जानु पर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी बिभिन्न पार्टी परित्याग गरी जसपा पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई मन्त्री यादव र मेयर सिंहले अबिर दोसल्ला ओढाई पार्टीमा प्रवेश गराएका हुन् ा जनता समाजवार्दी पार्टीका पर्सा जिल्लाका अध्यक्ष सिंगासन साह तेलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मोहनलाल चौधरी, मधेस प्रदेश अध्यक्ष अशोक यादव, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, महिला नेत्री भिमा यादव जसपाका युवा नेता ईश्वरचन्द्र यादव लगायतले सम्बोधन गरेका थिए । जसपा पार्टीका नेता तथा स्वास्थ्य मन्त्री प्रदीप यादवलाई सय किलोको माला लगाएर सम्मान गरिएको थियो ा