लागु औषध दुब्र्यसनीको शिकार भएकी १४ वर्षीय नावालिकालाई बारा प्रहरीले नियन्त्रणमा लिई सुधार केन्द्रमा पठाइएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले भन्नु भयो, १४ वर्षीय बालिका नाम परिवर्तन सुधा कुमारी लागु औषधको शिकार भईसकेको रहेकी रहेछिन् , गाउँ समाजमा अनेकै बिकृतिजन्य गतिविधिहरु गरेको हुनाले स्थानिय वासिन्दा तथा प्रहरीको सहयोगमा चितवन स्थित रहेको सुधार केन्द्रमा पठाइएको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भएको छ । १४ वर्षीय सुधा कुमारी कलैया उपमहानगरपालिका वडा नम्बर ४ को वासिन्दा रहेकी छिन् ।