१७ औ गणतन्त्र दिवसको अवसरमा आईतवार बीरगंजमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । बीरगंजको अलखियामठमा सरसफाई कार्यक्रम गरिएको हो । ग्रिन सिटीको आर्दशनगरका अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बरका गणपति राधेश्याम धिताल, जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायब उपरिक्षक केशव कुमार न्यौपाने , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।