खानेपानीको समस्या भएपछि बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले पानीबाट कोही पनि बीरगंजवासीहरु बञ्चित नहुने बताउनु भएको छ । बीरगंज महानगरपालिका वडा नम्बर १६ रेल्वे रोड नजिकै खानेपनीको समस्या भएपछि डिपोरिँग गर्नका लागी स्थलगत अनुगमन गरेका मेयर सिंहले आफनो टोलको बिकाश तथा सरसफाईको लागी टोलवासीहरु जिम्मेवार हुनुपर्ने बताउनु भयो । पानीबाट नगरवासीहरु बञ्चित नहुने , समस्या आएको छ , उतm समस्या सामधान गर्नका लागी महानगरले कदम चालिसकेको मेयर सिंहले भने, टोलमा केही समस्या भएपछि टोलवासीहरु महानगरलाई अवगत गराउने दायित्व रहेको हुनाले तत्तकाल समस्या हल हुने बताउनु भयो । वडा नम्बर १६ मा खानेपानीको समस्या सामधान गर्नका लागी मेयर सिहले वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसियालाई निर्देशन दिनुभयो । नगर प्रमुख सिंहले प्रत्येक शुक्रवार नगरवासीहरुको घर दैलोमा पुग्ने अभियान अन्तर्गत गहवा, घण्टाघर, अर्लाे, लक्ष्मणवा लगायत स्थानहरुमा नगरवासीहरु समस्या बुझनको लागी पुग्नु भएको थियो ।