युवाहरुलाई सीप सिकाएर स्वदेशमै रोजगारी दिलाउनका लागि बिभिन्न कार्यक्रमको आयोजना गर्नु सह्रानीय रहेको उधोग वाणिज्य संघ बीरगंजका अध्यक्ष अनिल रुंगटाले बताउनु भयो । होटल संघ नेपाल काठमाण्डौ तथा होटल संघ नेपाल मधेश प्रदेशको संयुक्त रुपमा आयोजना गरेको हाउस किपिङ् सम्बन्धी तालिमको उद्घाटनमा बोल्दै संयोजक रुङ्गटाले भारतीय पर्यटकको आवागमनलाई सहज बनाउनुपर्ने कुरामा जोड दिदै होटलमा कार्यरत कर्मचारीको व्यवहार र सेवामा पनि पर्यटकको आवागमन भर पर्ने बताउनु भयो । त्यसैगरी
समाजसेवी एवम् होटल व्यवसायी पशुपति विक्रम शाहले होटल व्यवसाय धरासायी अवस्थामा भएको बताउनु भयो । उहाँले अर्थतन्त्र सुस्ताए सँगै होटल व्यवसाय पनि सुस्ताएको बताउँदै चलायमान बनाउनका लागि अतिथीको आवश्यक्ता अनुसारको सेवा सुविधा परिस्कृत गर्दै जानुपर्ने आवश्यक्ता औँल्याउनु भयो ।
होटलहरुमा आवश्यक जनशक्तिको परिपूर्ती गर्नुका साथै युवालाई सीप सिकाएर रोजगारी प्रदान गर्ने अभिप्रायले तालिमको आयोजना गरेको होटल संघ नेपाल मधेश प्रदेशका उपाध्यक्ष मोहन प्रधानले जानकारी दिनु भयो ।
होटलका सञ्चालक सुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न तालिममा होटल हिरा प्लाजाका सञ्चालक बिनोद कुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।