नेकपा एमाले पार्टी संगठित सदस्य लियाकत अलीलाई पार्टीबाट ६ महिनाको लागी निलम्बन गरिएको छ । नेकपा एमाले बीरगंज महानगर कमिटीका सचिव सुन्दर कुर्मीले जारी गरेको प्रेस बिज्ञप्तीमा नेकपा एमाले बीरगंज महानगरपालिका वडा नम्बर ३ बस्ने पार्टी संगठित सदस्य लियाकत अलीले पार्टीको बिधान बिपरीत कार्य गर्दै आईरहेको हुनाले ६ महिनाको लागी सदस्य पदबाट निलम्बन गरिएको छ । लियाकत अलिले पटक पटक पार्टीको बिधान बिपरीत गएर भ्रम सुजना गरी बिपक्षी पार्टी सहितले मिति २०८१, २, ५ गते निकालेको संयुक्तm प्रेस बिज्ञप्तीमा नेकपा एमाले पर्सा भनि अनाधिकृत रुपमा हस्ताक्षर गरेको मिती २०८०, २ , ६ गते अलीलाई धारा ८० को २ र ३ को उल्लघंन गरेकोले धारा ८१ को २ अनुसार बीरगंज महानगर कमिटीले लिखित स्पष्टीकरण सोधेकोमा कुनै स्पष्टीकरणको जवाफ नदिएकोले धारा ८१ को १ अनुसार लियाकत अलिलाई ६ महिनाको लागी सदस्यता पदबाट निलम्बन गर्ने निर्णय गरिएको जारी गरीएको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।