नेपाली कांग्रेस पर्साले प्रशिक्षक शाखाद्वारा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उदघाट्न गर्दै प्रमुख अतिथी रहेका संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुङ्टाले नेपाली काँग्रेसलाई थप बलियो बनाउन र कार्यकर्तामा उत्साह थप्न प्रशिक्षण कार्यक्रम आयोजनाले महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भएको छ । ।कार्यकर्ता पंक्तिमा आएको नैराश्यता र नेताहरुमा देखिएको बिचलन र अनुशासनहिनता न्यूनिकरण गर्ने प्रशिक्षण कार्यक्रमको आवस्यकता रहेको उनले बताए । त्यस्तै नेपाली कांग्रेस पर्साका उप(सभापति तथा प्रशिक्षण शाखाका प्रमुख रामनारायण कुर्मीले पार्टी भित्रको संगठन सुदृणिकरणका निम्ती यस्तो प्रशिक्षण कार्यक्रमले कार्यकर्तामा थप हौसला प्रदान गर्ने बताए ।
उनले मुलुकमा कम्युनिष्ट सरकारको दम्भले आम सर्वसाधारणमा अहिले सरकार प्रती निरासा छाएको बताए । पार्टी भित्रको संगठनलाई मजबुत बनाउनका लागि गाउँ(गाउँमा प्रशिक्षणका कार्यक्रमहरु आयोजना गर्ने जरुरी रहेको बताए ।
आज भएको प्रशिक्षण कार्यक्रमको उद्वघाटनमा विशिष्ट अतिथि चन्देश्वर यादव, रामेश्वर ढकाल, उप९सभापति अशोक गुप्ता, पुर्ब उप(सभापति राजु गुप्ता, वीरगञ्ज महानगपालिकाका उपमेयर इतियाज आलम, प्रेमबहादुर थापा, मदन यादव, रमेश पाण्डे, नगर सचिव श्याम पटेल, हरिन्द्र यादव, नागेश्वर प्रसाद, शिवचन्द्र कुइरी, फरेन्द्र यादव, कन्हैया ठाकुर, बाबुनन्द पटेल,जे।पि।ठाकुर लगायतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस मधेस प्रदेशका प्रचार सचार विभागका सदस्य राहुल गुप्ताले जानकारी गराएका थिए ।